१ पुस २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने

नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ। अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो। जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए। तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।  

अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको छ। ‘गत वर्ष हामीले सञ्चारगृहमा आवद्व र नागरिकताको प्रतिलिपि मात्रै मागेका थियौँ,’ उनले भने, ‘यस वर्ष भने सञ्चार गृहको नियुक्ति पत्र पनि अनिवार्य गरिएको छ।’  

उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए।  

आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्‍याएर पेस गरे मान्य नहुने बताइएको छ। युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए। उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले व्यहोर्ने छ।  

उनका अनुसार यसअघि बीमा गरिएकामध्ये विराट गौतम (अनुपम), बुलेट खतिवडा, रमेश कुमार राई र चन्दन रौनियार दुर्घटनामा परेका थिए। उनीहरूमध्ये अनुपम र राईको बीमा वापतको रकम हस्तान्तरण गरिसकिएको छ भने दुईजनाको केही दिनमै हस्तान्तरण गरिने बताइएको छ।  

गत वर्ष बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ। यस्तै, बीमितको मृत्यु भएमा सात लाखसम्म प्राप्त हुने बताइएको छ।  

कागजात बुझाउनका लागि इटहरीका लागि विनय बाह्रकोटीः ९८५११०४५३८, धरानका लागि मात्रिका नेपाल ९८५२०७५७३०, इनरुवाका लागि टोमराज मेहेता ९८४२५०६०३३, बराहक्षेत्रका लागि संगम विष्ट ९८६३४२३७७९, रामधुनीका लागि विनोद आचार्य ९८१९०६४२०८, र दुहबीमा आशिष यादवलाई ९८५२०२५७२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। त्यसबाहेक जिल्ला सचिव विवेक भट्टराई ९८५२०३५७६४ र अध्यक्ष पवन अधिकारीलाई ९८५२०४८९९६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित: ४ माघ २०७८ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App