१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बैतडीका १ लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप

बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३ सय ६ जनाले पाएका हुन्।

दशरथचन्द नगरपालिकामा १८ हजार ६ सय ४५ जनाले पहिलो मात्रा र १८ हजार ३ सय ५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पुर्चौंडी नगरपालिकामा १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३ सय ३६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलासैनी गाउँपालिकामा १५ हजार २ सय ८३ जनाले पहिलो मात्रा र ८ हजार ४ सय ४३ जनाले पूर्ण मात्रा खोप पाएका छन्।

यस्तै पाटन नगरपालिकामा १५ हजार २ सय ३ जनाले पहिलो मात्रा र २१ हजार ३ सय ३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। मेलौली नगरपालिकामा १२ हजार ९ सय ५९ जनाले पहिलो मात्रा र पाँच हजार ३ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा ८ हजार ९ सय ९५ जनाले पूर्ण खोप र ८ हजार ५ सय ९५ जनाले पहिलो मात्रा पाएका छन्।

सिगास गाउँपालिकामा ११ हजार १ सय ५ जनाले पहिलो मात्रा र तीन हजार ३ सय ३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुर्नया गाउँपालिकामा ९ हजार ४९ जनाले पहिलो मात्रा र चार हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३ सय ८० जनाले पहिलो मात्रा र ६ हजार ९ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कोरोना भाइरबाट बाच्न सबैले खोप लगाउन आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए। अहिले पनि जिल्लाका सबै स्थानीय तहमा १२ वर्षदेखि माथिका सबै व्यक्तिलाई  खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २४ पुस २०७८ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App