१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१९० जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १ फलाहरी बाबा महुमुखी क्याम्पसमा संचालित ३ दिने निः शुल्क आँखा शिविरमा १ सय ९० जना मोतिया बिन्दुको गरिएको छ। गत पुस ७ देखि ९ गतेसम्म संचालित शिविरमा ११ सय बढीको आँखा जाँच गरिएको हो।

महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो। शिविरमा महाराजगंज नगरपालिकाका ११ वडा छिमेकी पालिका शिवराज, बुद्धभुमी कृष्णगनरका गरिब र बिपन्नहरु समेत आएका थिए।

निःशुल्क अप्रशेनपछि लाभग्राहीहरुले आफूहरुले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरे। शिविरमा निःशुल्क मोतिया बिन्दुको अप्रशेनपछि शिवराज नगरपालिका वडा नम्बर ११ का ९५ वर्षीय बच्चु ढाडीले आफूले मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको बताए।

प्रकाशित: १० पुस २०७८ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App