१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन्। ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन्।

यस्तै कोभिडशिल्ड/एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ रहेको छ। ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्। १९ हजार १ सय २० जनाले कोभिडशिल्ड/एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन्।

यसो गर्दा ५ हजार ९ सय २९ जनाले कोभिडशिल्ड/एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ। यस्तै २ हजार ७ सय ४९ जनाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको छ। कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ।

प्रकाशित: २० मंसिर २०७८ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App