१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ४१ र १ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १, झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ५, धरानमा १, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा सोमबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७८ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App