१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

'ओमिक्रोन’ संक्रामक भएको वा नभएकोबारे अध्ययन जारी: डब्ल्यूएचओ नेपाल प्रमुख

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।

प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको बताए। उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको जानकारी दिँदै डब्ल्यूएचओले यो भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए।

‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो। यो २६ नोभेम्बर २०२१ मा देखिएको हो र यसलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ। पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरसभन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबोरे स्पष्ट भइसकेको छैन,’ प्रमुख पाण्डवले भने, ‘अहिले विश्व स्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ।’

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए। उनले ण्अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाएँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

प्रमुख पाण्डवले अस्पतालहरुले तयारीका साथ रहनुपर्ने, र्याल, सिँगान, खकारहरु जथाभावी नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए।

प्रमुख पाण्डवले विश्व स्वास्थ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए।  

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ।

प्रकाशित: १३ मंसिर २०७८ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App