ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद बिजुक्छे नियुक्त भएका छन्। ग्राण्डीको आज बसेको सञ्चालक समितिको बैठकले डा बिजुक्छेलाई चार वर्षका लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो।
ग्राण्डीका मेडिकल निर्देशक डा चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहेका डा बिजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो। ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा बिजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुन्।
अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा स्थापना भएको ग्राण्डीले हाल २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ।
प्रकाशित: ८ मंसिर २०७८ १५:२७ बुधबार