पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन्।
प्रकाशित: ८ मंसिर २०७८ ११:१५ बुधबार





