८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।

खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ। सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ। तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ।

खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ। खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ।

खोप पाउने लक्षित दीर्घ रोगी समूहः
* १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
*लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
*लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी
*जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
*लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी
*अङ्ग प्रत्यारोपण गरेका व्यक्ति
*लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी
*कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
*मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

प्रकाशित: २८ कार्तिक २०७८ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App