१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो। 

प्रकाशित: १० कार्तिक २०७८ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App