coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ८३ र १ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४–४, भद्रपुर, बाह्रदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २ र इनरुवामा १, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र बेलकामा १–१, इलामको इलाम नगरपालिका र चुलाचुली १–१ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App