coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा ४ जना संक्रमितको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार बर्दियाका ३ र दाङका एक जनाको मृत्यु भएको हो। 

बर्दिया, राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको  छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। बर्दियामा यही असोज ४ गते उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए।

यस्तै  राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। बर्दियामा यही असोज ८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन्। स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बेलुकी ७ः३० बजे मृत्यु भएको हो।

यसैगरी बारबर्दिया नगरपालिका वडा नम्बर ११ बर्दियाकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यही असोज १९ गते उनलाई भेरी अस्पतालमा कोरोना पुष्टि भएपछि सोही दिन भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो। अस्पतालका अनुसार उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको हो।

त्यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही असोज १३ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन्। 

स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाबाट आएका ४ सय २३ जनाको मृत्यु भइसकेको उनले बताए।  

प्रकाशित: २२ आश्विन २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App