७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा अक्सिजन उत्पादन सुरु

कपिलवस्तु अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिन उत्पादन सुरु भएको छ। एक महिनाअघि नै प्लान्ट जडान गरिएकोमा ३ दिनदेखि परीक्षण उत्पादन सुरु भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट किशोर बन्जाडेले २ साताअघि नै नमुनाको रुपमा अीक्सजन उत्पादन सुरु भएको बताए। केही समस्या आएकाले कही दिन रोकेर ३ दिन अघिदेखि फेरि परीक्षणका रुपमा उत्पादन सूरु गरिएको उनले बताए। ‘प्लान्टबाट नमुनाका रुपमा अक्सिजन उत्पादन सुरु भएको छ, क्षमताभन्दा केही स्लो उत्पादन भइरहेको छ,’ उनले भने।

केही दिनमै प्लान्टबाट पूरा क्षमतामा ग्यास उत्पादन हुने उनले बताए। फेयर ट्रेड प्रालिले प्रतिस्पर्धामार्फत १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो। गत असार ८ गते कामको सम्झौता भई असार मसान्तसम्म काम सकाउने समयसीमा दिइएकोमा केही प्राविधिक कारणले समयमा हुन नसकेको मेसु बन्जाडेले बताए। ठेकेदार कम्पनीले सो मेशीन जडान जिसि जिसि रिसर्च एन्ड डेभलप्ममेन्टलाई जिम्मा दिएको थियो।

कम्पनीका इन्जिनियर देबेन्द्र श्रेष्ठले प्लान्ट पूर्ण क्षमतामा चलेको खण्डमा प्रतिमिनेट ४ सय १६ लिटर अक्सिजन उत्पादन हुने बताए। चीनबाट ल्याइएको सो प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए।

‘अब जिल्लामै अक्सिजनको अभाव हुँदैन’ मेसु बन्जाडेले भने। अस्पतालमा सयभन्दा बढी सिलिन्डरसमेत छन्। कोरानाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिजनको अभाव नहुने बन्जाडेले दाबी गरे। प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई डेढ करोड रकम छुट्टाएको थियो। विद्युतको बिल लगायतका अन्य खर्च व्यवस्थापनमा भने चुनौती रहेको मेसु बन्जाडेले बताए।

प्रकाशित: १९ भाद्र २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App