१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी, खोप प्रभावकारी भएको मन्त्रालयको सर्भे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी देखिएको जनाएको छ। कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी गरेको सर्वेक्षणबाट सो तथ्य बाहिर आएको हो।

मन्त्रालयले २०७५ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा नमूनाहरु संकलन गरी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो। ‘सर्भेबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको छ।’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

त्यस्तै एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको जनाउँदै मन्त्रालयले हाल लगाई राखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको समेत उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा, तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको बताए।

प्रकाशित: १३ भाद्र २०७८ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App