१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थपिए ३०४२ जना संक्रमित, २६ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा १७ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गरेको थियो।

परीक्षण गरिएकामध्ये ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सो अवधिमा १० हजार ५ सय ३० जनाको पीसीआर र ७ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको शुक्रबार अद्यावधिक गरिएको विवरणमा उल्लेख छ।

सोही अवधिमा २ हजार २ सय ४४ जना कोरोनाबाट संक्रमणमुक्त भएको र २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले ४० हजार ३ सय ९ जना कोरोना भाइरसका सक्रिय बिरामी छन्।

प्रकाशित: ४ भाद्र २०७८ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App