१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

स्वास्थ्य वीमा सेवा झन्झटिलो

स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।  

स्वास्थ्य वीमा कार्यक्रम लागू भएका प्रदेश १ का अस्पतालहरुमा उपचार सेवा पाउन कुनै अस्पताल वा कुनै स्वास्थ्य चौकीबाट रेफर भएको हुनुपर्ने व्यवस्थाले समस्यामा पारेको सेवाग्राहीले बताएका छन्। स्वास्थ्य वीमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तौसम्म अस्पताल धाउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्।  

वीमा कार्ड लिएर उपचार गर्न कोसी अस्पताल आएका विराटनगर–३ का ७५ वर्षीय नारायणप्रसाद सुवेदीले सेवा लिन झन्झटिलो भएको बताए। ज्वरो, रुघा र छाती दुखेर उपचार गर्न आएका सुवेदीले भने, ‘पुर्जा लिन, डाक्टरलाई जचाउनदेखि औषधि लिँदासम्म घण्टौं उभिएर सेवा लिनुपर्ने बाध्याता रहेको छ। एकातिर बिरामी त्यसमा वृद्ध अवस्थाका हामी घण्टौं लाइनमा बस्दा झन सास्ती खेप्नु परेको छ।’ अन्य पद्धतिभन्दा वीमा कार्डबाट सेवा लिन झन्झटिलो र ढिलो हुने गरेको छ।

अस्पताल प्रशासनले ज्येष्ठ नागरिकका लागि छुट्टै छिटोछरितो व्यवस्था गरिदिए सहज हुने थियो, सुवेदीले भने।

स्वास्थ्य वीमाकार्डबाट उपचार गराउन आएकाहरुले धेरै झन्झट खेप्नु परेको बताए। सामान्य रोगको औषधि पाए पनि कडा रोगको औषधि र महँगा औषधि स्वास्थ्य वीमा कार्डबाट नपाउने हुँदा समस्या परेको बताउँछन्।  

प्रदेशमा स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया झन्झटिलो रहेको छ। कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले वीमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको बताएका छन्। तर सरकारी सहयोग नपाउँदा वीमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ।  

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालमा बिरामी अत्याधिक चाप भएका कारण लाइन बस्नु पर्ने बाध्यता आएको हो। लाइनमा भीडभाड हुने र पालो मिच्ने समस्या देखिएपछि अस्पतालले टोकन सिस्टम लागू गरी भीड व्यवस्थापन गर्ने प्रयास गरेको छ।  

दैनिक १ हजार बढी बिरामी आउने भएका कारण ओपिडीमा अत्याधिक भीड हुने गरेको छ। त्यस कारण अस्पतालले टोकन मेसिन राखेर भीड नगरी सेवा दिइने व्यवस्था मिलाएको हो।  

स्वास्थ्य वीमा कार्यालय प्रदेश १ का अनुसार नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जनाले स्वास्थ्य वीमा गरेका छन्। प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले वीमा गराएका छन्। प्रदेशमा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन्। सरकारी ७२, निजी २१ र सामुदायिक ५ वटा अस्पतालबाट उपचार सेवा पाउँदै आएका छन्।

प्रकाशित: २० श्रावण २०७८ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App