१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

दिनहुँ बढ्दै कोराना संक्रमण, परीक्षण न्युन

सुदूरपश्चिममा असारको तेश्रो र चौथो साथा कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो। 

सेती प्रादेशिक अस्पतालका कोराना उपचार बिभाग प्रमुख चिकित्सक शेरबहादुर कमर साउनको सुरुवातसंगै फेरि कोरानाको संक्रमण बढ्न थालेकाे बताउँछन्। केहि दिन कोराना संक्रमण सुस्त देखिएकोमा मान्छेको गतिविधि बढेको र स्वास्थ्य मापदण्ड नअपनाइएकोले कोरानाको संक्रमण दर बढ्न थालेको उनको भनाई छ। 

चेन व्रेक गर्न नसकिएकोेले कोरानाको भाईरस समुदायमा फेरि फैलिन थालेको उनको भनाई छ। सेती प्रादेशिक अस्पातलमा १ सय जनाको परिक्षण गर्दा ३०, ३५ जनामा संक्रमण देखा पर्न थालेको उनले बताए।

निषेधाज्ञा लगाईयो चेन व्रेक गर्न ध्यान दिइएन

नयाँ भेरियन्टको कोरानाको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालयले सुदूरपश्चिममा वैशाखको दोश्रो सातादेखि कैलाली, कंचनपुर लगायतका जिल्लाहरुमा निषेधाज्ञा लागु गर्‍यो। कार्यालय, सवारीसाधन, होटल, पसल, उद्योगधन्दा बन्द गरिए। 

यो अवधीमा सर्वसधारणलाई बिना काम घरबाहिर हिडडुल गर्न पनि कडाई गरियो। असारको तेश्रो सातावाट निषेधाज्ञा खकुलो पारेर सवारीसाधन, पसल, होटल, रेस्टुरेन्ट खुला गरेपछि बजारमा मान्छेको चहलपहल र भिडभाड बढेको छ। निषेधाज्ञा कोराना भाईरसको संक्रमणको चेनव्रेक गर्न सहयोग गर्ने अस्थाई उपाय मात्र भएकोले दिर्घकालिन समाधानका लागी अन्य काम गर्नतिर ध्यान दिन नसकेकाले कोरानाको संक्रमण फैलिन लागेको बिज्ञहरु बताउछन्। 

निषेधाज्ञा खुकुलो भएर मान्छेको चहलपहल सँगै कोराना भाईरसको संक्रमण बढ्न थालेको छ।आईसोलेन सेन्टर, क्वारेन्टाईन सेन्टर स्थापना नहुदाँ भारतका बिभिन्न ठाउँवाट आएका हजारौ जनालाई क्वारेन्टाईनमा नराखी घर घर पठाइएको छ।

परिक्षण न्युन

कोरानाको संक्रमण बढ्न थालेपनि सुदूरपश्चिममा कन्ट्रयाक्ट ट्रेसिङ गर्न छोडिएको छ। समुदायमा कोराना भाईरसको संक्रमण बढ्दै जादाँ पनि कोरानाको परीक्षण भने न्युन गर्ने गरिएको छ। लक्षण भएर आफै जाँच गर्न अस्पताल गएका बाहेकलाई परीक्षण गर्ने गरिएको छैन। स्वास्थ निर्देशनालयका अनुसार सुदूरपश्चिमका ७ प्रयोगशालामा कोरानाको परीक्षण हुने गरेको छ। सुदूरपश्चिम भरि दिनमा औसत ५, ६ सय जनाको मात्र परीक्षण हुने गरेको छ।

गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको थियो। दोश्रो लहरको संक्रमणले अढाई महिनामा मात्र ५ सय भन्दा बढीको ज्यान लिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म ४४ हजार ९ सय ३३ जनामा कोराना संक्रमण देखा परेकोमा ५ सय ७६ जनाको मृत्यु भएको छ।

प्रकाशित: १३ श्रावण २०७८ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App