coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन्।

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। 

त्यस्तै यहि अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन्। नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ।हालसम्म १४ लाख ५७ हजार ६७० जनाले खोप लगाएका छन्।

प्रकाशित: १२ श्रावण २०७८ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App