१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले संचालनमा ल्याएको अक्सिजन प्लान्ट। तस्बिर: सरिता/नागरिक

अक्सिजनको अभावलाई न्यूनिकरण गर्न धादिङमै अक्सिजन प्लान्ट स्थापना गरिएको छ। धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

बिरामीहरुले पर्याप्त अक्सिजन नपाउँदा उपचारमा समस्या भएपछि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्लान्ट संचालनमा सहयोग गरेको हो। प्लान्ट संचालनको लागि भ्याट बाहेक ४० लाख रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ। उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आईसीयू र अन्य वार्डमा रहेका बेडबेडमा पुर्‍याईएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।  

जिल्लामा अक्सिजन प्लान्ट नहुदाँ यस अघि नुवाकोटमा रहेको प्लान्टमा गएर अक्सिजन भर्ने गरिएको थियो । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाई छिमेकी जिल्ला नुवाकोट पठाउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ।  

यस अघि निलकण्ठ नगरपालिकाले धादिङ्बेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट जडान गरि संचालनमा ल्याएको छ। धादिङ अस्पतालले संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा आइतबारसम्म २२ जना संक्रमित उपचाररत छन्।  

प्रकाशित: ६ असार २०७८ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App