१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

संघका केन्द्रीय सदस्य फिन्जो लोप्चनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्रतण गर्दै । तस्बिरः हिमनाथ/नागरिक

जिल्ला कोभिड व्यवस्थापन केन्द्र रसुवालाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघले कोभिड–१९ को रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।  

संघले सर्जिकल मास्क ३० हजार, एननाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरिएको संघले जनाएको छ ।  

संघका केन्द्रीय सदस्य छिरिङ फिन्जो लोप्चनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेका हुन् । आयात निर्यातलाई सहज बनाउनका लागि उनको नेतृत्वमा सामग्री ल्याइएको हो ।  

जिल्लामा कोभिड–१९ को संक्रमण फैलिँदै गएकाले यसको रोकथामका लागि सामग्री प्रदान गरिएको संघका केन्द्रीय सदस्य लोप्चनले बताए । ‘यस विषम परिस्थितिमा थोरै भएपनि मलमपट्टि लगाउनका लागि सामग्री दिएका हौं’, उनले भने, ‘आगामी दिनमा पनि हामी आवश्यकता अनुसार सहयोग गर्ने छौं ।’

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App