१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चारसय पचास पूर्व प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका पूर्व प्रहरी र अमर प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। जिल्लामा रहेका अवकास प्राप्त प्रहरीलाई प्रहरी प्रमुख ईश्वर कार्कीले राहत सामग्री उपलब्ध गराएका हुन्।

जिल्ला प्रहरी कार्यालयलाई प्राप्त स्वास्थ्य सामग्री र आफ्नै खर्चमा साबुन, सर्जिकल मास्क उपलब्ध गराएको प्रहरी निरीक्षक गोपाल पौडेलले बताए।

कोरोना प्रभावित हुनसक्ने र समुदायमा सचेतना फैलाएर कोभिड नियन्त्रण संक्रमण नियन्त्रणमा पुलको काम गर्ने पूर्व र अमर प्रहरीलाई राहत सामग्री उपलव्ध गराएको प्रहरी उपरीक्षक कार्कीले बताए। ‘पहिलो प्राथमिकतामा बहालवाला प्रहरी कर्मचारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर उपयोग गर्न कडाई गर्दै स्वास्थ्य सामग्री समुदायमा बसिरहेका पूर्व सहकर्मीलाई सम्झिएर दिएको हुँ’ उनले नागरिक न्यूजसँग भने, ‘डिउटीमा खटिएर काम गर्ने प्रहरी र समुदायमा रहेका पूर्व प्रहरीलाई स्वास्थ्य सामग्रीविहीन नहुन् भन्ने उद्देश्य हो।’

एकसाता अघिदेखि मातहतमा रहेका पूर्व सहकर्मीलाई निम्ताएर स्वास्थ्य सामग्री वितरण गरेको कार्कीले जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०७८ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App