१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सावधानी अपनाउँदै किसान मकै गोड्दै

दैलेखका किसानहरु कोरोना महामारीबीचमा पनि सुरक्षा सतर्कता अपनाएर मकै खेती गोडमेल गरिरहेका छन्।

वर्षासँगै किसानहरुले लगाएको मकै सामाजिक दूरी र सुरक्षा सर्तकता अपनाएर मकै गोडमेल गरेका हुन्।  

उनीहरु बाहिरबाट खेताला बोलाएपछि सुरक्षा सावधानी अपनाउने गरेको नौमुले गाउँपालिका –८ चौराठाका प्रकाश चन्दले बताए। कोरोना कहर बढेपनि सुरक्षा सावधानीका साथ खेती किसानी गर्नुपरेको चन्दले बताए। महामारीभन्दा भोकमरी टार्नका लागिका खेतीबाली गर्नुपर्ने बाध्यता किसानहरुमा रहेको उनको भनाइ छ। त्यस्तै उनीहरुले भारतबाट आएकाहरुलाई स्थानीयको सम्पर्क बाहिर राखेर सुरक्षा सर्तकता अपनाइएको छ।

गाउँमा कम संक्रमण होस् भनेर उच्च सर्तकताका साथ किसानहरु चनाखो भएर बसेको जनाइएको छ। हिजोआज किसानहरु आलु, मकै, भटट् र धान लगाउन र गोडमेल गर्न व्यस्त छन्। किसानहरु जस्तो महामारीमा पनि आफ्नो काम गर्नुपर्ने बाध्यता रहेको चौराठाकै स्थानीय अगुवा कमला चन्दले बताइन्। ‘कोरोनाको डर हुँदाहुँदै पनि खेतीबालीका लागि निस्कनुपर्ने बाध्यता रहेको छ’, स्थानीय अगुवा चन्दले भनिन्, ‘शहर बजारभन्दा गाउँमा कोरोना संक्रमण कम छ।’  

कोरोना कहरबीच सावधानीका साथ हिजोआज दैलेख जिल्लाभर किसानहरुको खेतबारीमा व्यस्तता बढेको हो।  

प्रकाशित: ९ जेष्ठ २०७८ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App