११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

सिंगापुरद्वारा नेपाललाई १३ टन सहायता सामग्री सहयोग

सिंगापुरले देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टन बढी  स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल वायु सेवाको चार्टर उडान सिंगापुरबाट शनिबार काठमाडौं आइ पुगेको छ।

तामासेक फाउण्डेशन सिंगापुर,लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्नमन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपालीप्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को ती सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ।

गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले ती सामग्री हस्तान्तरण गरेका हुन्। सहयोग गरेका सामग्रीहरुमा १ लाख २३ हजार बढी फोर्टिट्यूड ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजीइभो भेन्टिलेटर, ५० युवेल नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु रहेका छन्।

यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App