coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने

कार्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकोले  शनिबारदेखि थप बिरामी भर्ना गर्न नसक्ने बताएको हो ।  

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र  अक्सिजन आउन छाडेकोले कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने अस्पतालले जनाएको छ ।  

अस्पतालले जारी गरिएको सूचना भनिएको छ, ‘नेपालगंजबाट आउने अस्जिन यस अस्पतालमा आपूर्ति हुन नसक्ने कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना नसकिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ। सेवाग्राहीलाई पर्न भएको असुविधा प्रति यस अस्पताल क्षमाप्रार्थी छ ।’

प्रकाशित: १ जेष्ठ २०७८ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App