६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको समयमा गर्भवतीले के खाने, के नखाने ?

कोरोनाको लहरमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको अन्य समयमा भन्दा बढी ध्यान दिन आवश्यक हुन्छ। आफूसंगै गर्भमा रहेको बच्चाको स्वास्थ्य महत्वपूर्ण हुन्छ। यस अवस्थामा शरीरिक र मानसिक स्वास्थ्य दुबैको ध्यान दिन उत्तिनै आवश्यक हुने चिकित्सकहरु बताउँछन्। बिहान उठेदेखि राति सुत्दासम्मको दैनिकीको प्रभाव बच्चामा पर्ने गर्छ।  

खानेकुराको सम्बन्ध शरीर र मस्तिष्क दुबैसंगै जोडिएको हुँदा गर्भवती महिलाले के खाने र के नखाने भन्ने विषयमा विशेष ध्यान दिन आवश्यक छ। अहिले यस कोरोना महामारीको बेला सतर्कता रहनु पनि उत्तिकै आवश्यक छ।  

के खाने ?

स्वास्थ्य विज्ञहरुका अनुसार गर्भवती महिलाले कार्बोहाइड्रेट, प्रोटिन, गुड फ्याट, पौष्टिक आहारको सेवन गर्नु आवश्यक छ। खानाको मात्रा पनि उत्तिकै भूमिका छ। शरीरको तौललाई पनि मध्यनजर गर्दै खाना खानु पर्छ। गर्भावस्थामा पोषणयुक्त खाना, क्याल्सियम युक्त खाना, हरियो साग, विभिन्न रंगका तरकारी ,तोफु, दूध, दहि, पनिर, महि, ध्यू, भिटामिन बि १२ , भिटामिन सि, भिटामिन ए, आईरन युक्त खानेकुरा, ओमेगा ३, फलफुल, सुकेका फल, नरिवल, माछा ओट्स्, माछा, ब्राउन राईस, दाल आदि खानेकुराको सेवन राम्रो मानिन्छ।  

यस किसिमका स्वस्थ्यकर खानाले शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ। यसका साथै शरीरलाई स्फुर्ति राख्न मद्धत पनि गर्छ। गर्भवती महिलाले विहान कागती पानीको सेवन गर्नु पनि फाइदाजनक हुन्छ।  

के नखाने ?

गर्भवती महिलाले बढी क्यालोरी भएको खाना खानु राम्रो मानिँदैन। यस प्रकारको खानाले शरीरमा आलश्यता ल्याउनुको साथै पाचन शक्तिमा प्रभाव पार्ने गर्छ। यसका साथै प्रोसेस्ड फुड, धेरै दिनदेखि बजारमा बेच्न राखिएको प्याक गरिएको खाना पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन। धेरै मात्रामा चिया, कफी तथा क्याफिनको सेवन पनि गर्भवती महिलाले नगरेको राम्रो हुन्छ। मदिरा, चिसो पेय र अन्य हानिकारक पदार्थ पनि आफ्नो गर्भावस्थामा सहभागी गर्नु राम्रो मानिँदैन। काचो अण्डा तथा माछा खानु राम्रो होइन तसर्थ गर्भवतीले यसको प्रयोगबाट टाढा हुनुपर्छ।  

गर्भावस्थामा महिलाले आफ्नो ध्यान दिन अत्यन्त आवश्यक छ। यस अवस्थामा दैनिकी योग र प्रणायमको भूमिका पनि महत्व रहेको हुन्छ। हल्का व्यायाम गर्न चिकित्सकले सल्लाह दिने गर्छन्। सादा पानी पिउन, सलादको प्रयोग पनि जरुरी छ।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App