८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाको हटस्पट बन्दै मध्यपुर थिमि, विकास बजेट कटौती गरी आइसोलेसन केन्द्र सञ्चालनको तयारी

मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोभिड बिरामीको चापलाई ध्यान राखी थप शय्या बिस्तारका लागि व्यवस्थापनको क्रममा स्थानीयहरु।

मध्यपुर थिमि नगरपालिकाका ६ वटा वडाले संयुक्त रुपमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ।

मध्यपुर थिमिको नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका वडाहरु १, २, ३, ४, ६ र ९ वडाका वडाअध्यक्षहरुको सोमबार बसेको बैठकले करिव ९० लाखको लागतमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो। त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैंया विनियोजन गर्ने निर्णय समेत गरेको वडा नं. १ वडाअध्यक्ष सुरज खड्काले जानकारी दिए।

आइसोलेसन केन्द्र बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानको भवनमा सञ्चालन गरिनेछ। केन्द्रमा दक्ष जनशक्तिको समेत व्यवस्था गरिने वडाअध्यक्ष खड्काले बताए। बोडेको कृषि विकास बैंकको सोही तालिम केन्द्रमा मध्यपुर थिमि नगरपालिकाले पनि २५ शय्याको एचडीयु शय्यासहितको ७५ शैयाको आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ।

नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए। ‘वडाको भौतिक विकास भन्दा पनि वडाबासीहरुको स्वास्थ्य महत्वपूर्ण भएको र यो विषम परिस्थितीमा वडाबासीको ज्यान ठूलो भएकोले चालु आव २०७७/०७८ को विकास बजेट रकमान्तर गरेर भएपनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णयमा पुगेका हौं,’ खड्काले भने ।

भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि कोरोना संक्रमणको हटस्पटको रुपमा रहेको छ । यहाँ दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुँदैं आएको छ। मध्यपुर थिमिको ९ वटा वडामध्ये वडा नं. १, २, ३ र ९ मा संक्रमणको दर धेरै रहेको छ।  

प्रकाशित: २९ वैशाख २०७८ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App