coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्पताल र औषधि पसलबाहेक इटहरीमा सम्पूर्ण ठप्प

कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगै इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको बैठकले अस्पताल र औषधि पसलबाहेक फलफूल र दूधडेरी पसल दैनिक बिहान १० बजेसम्म खोल्न दिएपनि अन्य सम्पूर्ण ठप्प गर्ने निर्णय गरेको हो।

अहिले इटहरी क्षेत्रमा पाँच सय ८७ जना संक्रमित पुगिसकेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर जारी गरेको निषेधाज्ञा वैशाख ३१ गतेसम्म कायम राखेको छ। तर, कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै इटहरीले समय लम्ब्याएर कडाई गरेको हो।

उपमहानगरपालिको कोरोनाको नियन्त्रण र रोकथामका लागि सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासी आग्रह गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेको छ।

प्रकाशित: २८ वैशाख २०७८ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App