२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गको पश्चिम खण्डमा कालोपत्र सकियो

पृथ्वीराजमार्ग अन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ।

सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै

सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ।  

चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ  काम गरिरहेको छ। एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो।  

प्रकाशित: २३ वैशाख २०८३ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App