१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ऐंसेलुखर्क गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ।

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले ऐंसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो। गत वैसाख २४ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले ऐंसेलुखर्कमा मंगलबार सोही प्रकृतिको आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

ऐंसेलुखर्कमा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका छन्।  

ऐंसेलुखर्कमा एकजना वैध र एकजना कार्यालय सहयोगी नियुक्ति गरेर गाउँपालिकाले उपलब्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए। ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ।’  

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले केही समयपछि साकेला गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको तयारी गरेको जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७८ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App