१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुकाे अस्पतालममा कोरोना संक्रमित भरिभराउ, भुईंमा उपचार गर्न बाध्य

कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तुमा भुईंमा राखी उपचार गर्न थालिएको छ। कपिलवस्तुको जिल्ला अस्पतालममा रहेका बेडहरु संक्रमितहरुले भरिन थालेपछि बिरामीहरुलाई भुईंमा राखेर उपचार बाध्य भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ईमरजेन्सी शाखामा रहेको ८ वटै बेड कोरोना संक्रमितले भरिएका छन्। जिल्लामा संक्रमितहरुको संख्या थपिँदै गएपछि अस्पतालकै भुईंमा राखेर उपचार गर्न बाध्य भएको चिकित्सक गणेश क्षेत्रीले बताए।

यता अस्थायी कोरोना अस्पतालमा रहेको २२ बेड पनि संक्रमतिले भरिएका छन्। अक्सिजन लगायतका सामग्री तथा स्वास्थ्यकर्मीको अभावले समेत उपचारमा समस्या आएको छ। आईसियुमा भने ८ जना कोरोना बाहेकका अन्य बिरामीहरु राखिएका छन्।  अस्पतालमा बिरामीहरुको चाप बढी भएपछि अक्सिजनको एउटै सिलिन्डरबाट दुई  बिरामीको उपचार गराउनु परेको चिकित्सक क्षेत्रीले बताए।

‘सीमित साधन र स्रोतको भरमा बिरामीहरुको सक्दो सेवा गरीरहेका छौं, बिरामीको संख्या बढेपछि उपचारमा समस्या आएको छ’ अस्पतालका प्रमुख डा. किशोर बन्जाडेले भने।

उनका  अनुसार अक्सिजन र औषधीमात्रै चाहिने संक्रमितलाई राख्ने ठाउँ समेत अस्पतालमा छैन। उनले महामारीमा संक्रमितसँगै मृत्युदरसमेत बढेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७८ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App