७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने

फाइल तस्बिर

चीन सरकारले  नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिलिन्डरलाई चाँडो काठमाडौंमा ल्याउने तयारी भइरहेको छ।  

सिलिन्डरहरू हवाई तथा स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।  

चीनले दिन लागेको सिलिन्डरलाई नेपाल भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि उनले बताए।  

केहि सातायता नेपालमा कोरोना संक्रमणका कारण गम्भीर समस्याका बिरामी बढ्दै गएकोले  सिलिन्डर तथा स्वास्थ्योपचारका अन्य सामग्री अभाव हुन सक्ने जनस्वास्थ्यविद्हरू बताउँदै आएका थिए।  

प्रकाशित: २० वैशाख २०७८ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App