८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

समुदायमै संक्रमण फैलिएपछि इनरुवाको महेन्द्र चोक सिल

समुदायस्तरमा संक्रमण फैलिएको आशंकामा इनरुवाको महेन्द्र चोक सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।

सुनसरी सदरमुकाम इनरुवामा कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको निधन र अन्य पनि संक्रमित देखिएपछि कोरोना समुदायस्तरमै फैलिएको आशंकामा चोक सिल गरिएको सुनसरीका सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए।  

‘अस्तिको दिन आमा र आज छोराको मृत्यु भयो । दुई जना छोरीहरु पनि संक्रमित छन्,’सहायक प्रजिअ पोखरेलले भने,‘समुदायस्तरमा नै संक्रमण गयो कि भन्ने शंका छ।’

समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर पत्ता लगाउन प्रशासनले एन्टिजेन परीक्षणको पनि तयारी गरेको छ।

शनिबार साँझ र आइतबार समुदायस्तरमा एन्टिजेन परीक्षण गरेपछि रिपोर्टको आधारमा कहिलेसम्म सिल गर्ने भनेर निर्णय गरिने सहायक प्रजिअ पोखरेलले बताए।

प्रकाशित: १८ वैशाख २०७८ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App