१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ५५ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा २४ जनासहित सोमबार ५५ जना कोरोना संक्रमित प्रदेशमा थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङको विराटनगरमा १० महिला र १४ पुरुष, सुन्दरहरैँचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ७ सय २ पुगेको छ । सक्रमितमध्ये २९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको छ ।

प्रदेशमा सोमबार ३ सय २५ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ६ वैशाख २०७८ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App