८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा थपिए ४३ जना कोरोना संक्रमित

प्रदेश १ मा आइतबार ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ४७ पुगेको छ। संक्रमित भएकामध्ये २९ हजार ९ सय ९ जना संक्रमण मुक्त भएका छन्। सक्रिय संक्रमित २ सय ६६ जना छन्।

प्रदेशमा आइतबार ३ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७८ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App