२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ९ सयमा कोरोना सङ्क्रमण, काठमाडौँ उपत्यकामा ३४८

देशभर पछिल्लो २४ घण्टामा थप ९ सयजनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।  

जसमा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ। त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ रहेको छ। निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ।  

अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन्। अन्य आइसोलेसनमा रहेका छन्। हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ। हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App