८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित

प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।  

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको छ। प्रदेश १ मा बुधबार २ सय २६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

प्रकाशित: १ वैशाख २०७८ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App