१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिडविरुद्ध बिम्स्टेक सदस्यबीच सहकार्य आवश्यक

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड महामारीविरुद्ध लड्दै जनताको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई पुनःऊर्जाशील बनाउन बिम्स्टेक सदस्य मुलुकबीच सहयोग र सहकार्य आवश्यक भएको औंलाएका छन् ।  

बिहीबार १७औं बिम्स्टेक भर्चुअल मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले महामारीले मुलुकहरूको कमजोरीहरू बाहिर ल्याइदिएको उल्लेख गर्दै उचित मूल्यमा कोभिड १९ भ्याक्सिनको उपलब्धता र आवश्यक स्वास्थ्य सामग्रीको सहज आपूर्ति निकै महत्वपूर्ण भएको बताएका छन् । 

उनले गरिबी र भोकमरीविरुद्ध लड्दै नागरिकका लागि रोजगारी र जीविकोपार्जनका दीर्घकालीन स्रोतको सुनिश्चितता चुनौतिपूर्ण रहेको बताए । उनले गतिशील बिम्स्टेकले मात्र कम विकसित र भूपरिवेष्ठित मुलुकहरूका विकास, नवप्रवर्तन र समृद्धि जस्ता विशेष आवश्यकतालाई सम्बोधन गर्ने बताउँदै कनेक्टिीभिटी, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले सदस्य मुलुकहरूको बलियो राजनीतिक इच्छाशक्ति र प्रतिवद्धताबाट मात्र यस किसिमका क्षेत्रीय संगठनलाई अघि बढाउन सकिने बताएका छन् ।  

बिम्स्टेक मन्त्रीस्तरीय बैठकले अपराधसम्बन्धी विषयमा आपसी कानुनी सहायता, बिम्स्टेक टेक्नोलजी ट्रान्सफर म्यासिलिटि (टिटिएफ) को कोलम्बोमा स्थापना र सदस्य राष्ट्रका कूटनीतिक एकेडेमी र तालिम प्रदान गर्ने संस्थाहरूबीच सहकार्य गर्नेलगायतका विषयमा हस्ताक्षर गर्न सिफारिस गरेको छ । त्यस्तै बैठकले पाचौं सम्मेलनको तयारीका बारेमा विस्तृत छलफल गर्दै घोषणापत्रको मस्यौदा टुंग्याएको छ । वर्तमान अध्यक्ष मुलुकका हिसाबले श्रीलंकाले बैठक आयोजना गरेको थियो ।

प्रकाशित: २० चैत्र २०७७ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App