६ वैशाख २०७८ सोमबार
स्वास्थ्य

चोटपटक रोकथाम सम्बन्धी विश्व सम्मेलनमा डाक्टर पुष्पराज पन्त

विश्व स्वास्थ्य संगठन, अष्ट्रेलेसियन चोटपटक रोकथाम संजाल (एआइपीएन), अष्ट्रेलिया जनस्वास्थ्य संघ (पीएचएए) को संयुक्त आयोजनामा अष्ट्रेलियाबाट यही मार्च २२ देखि २६ तारीखसम्म भर्चुअल कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल कार्यक्रममा चोटपटक रोकथाम सम्बन्धि नीति र कार्यक्रम तर्जुमा गर्न गुणस्तरीय तथ्यांकहरूको महत्व र नेपालमा विश्वव्यापी रोगभार अध्ययन (ग्लोबल बर्डन अफ डिजीज स्टडी) तथ्यांकको उपयोगबारे डाक्टर पुष्पराज पन्तले बोलेका थिए।  

मार्च २४ तारीखमा भएको उक्त सेसनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नसर्ने रोगहरू, अपाङ्गता, द्वन्द्व एवम् चोटपटक रोकथाम (एनभीआइ) सम्बन्धी महाशाखा प्रमुख इटियन क्रुगले बोलेका थिए। उक्त सम्मेलन हरेक दुई वर्षमा आयोजना हुने गरेको छ। जुन चोटपटक सम्बन्धि सबैभन्दा ठूलो सम्मेलन हो।

कार्यक्रममा डाक्टर पन्तले अन्य दुईवटा अनुसन्धान पेपर समेत प्रस्तुत गरे। डा.पन्त यस सम्मेलनको १४औं  संस्करणसम्म ३० वर्षको इतिहासमा की ९नोट स्पीकरको रूपमा आमन्त्रीत पहिलो नेपाली अनुसंधानकर्ता हुन्। उनले ११ वर्ष अघि नेपालमा बालबालिकामा हुने चोटपटक रोकथामबारे समुदायमा आधारित अनुसन्धान गरेर बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ दि वेष्ट अफ इंल्याण्डबाट पहिलोपटक विद्यावारिधि (पिएचडी) गरेका थिए।

हाल सोही विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजको साझेदारीमा नेपालमा संचालन भइरहेको नेपाल इन्जरी अनुसन्धान परियोजनाका वरिष्ठ सोधकर्ताका रूपमा कार्यरत डा.पन्तका अतिरिक्त उक्त सम्मेलनमा नेपाल, बेलायत र जर्मनीबाट पनि नेपालमा चोटपटकसम्बन्धी लगभग दुई दर्जन एब्स्ट्र्याक्टहरू प्रस्तुत गरिएका थिए।

नेपाल इन्जरी अनुसन्धान केन्द्रका प्रा डा. सुनीलकुमार जोशी, प्रा. जुली मिटन, डा. सन्तोष भट्ट, लगायत एक दर्जन सहभागीका साथै जर्मनीको फ्रेडरिक सिलर युनिभर्सिटीएनाका डा. फिलिक्स सिबर्ट, राष्ट्रीय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल, त्रिभुवन विश्वविद्यालयबाट भगबती सेढाँइको पनि प्रस्तुती रहेको थियो।

उनले भने, ’नेपालमा चोटपटक र तिनका जोखिमबारेको सचेतनाको स्थिति सन्तोषजनक नभए पनि केही वर्षयता जनस्वास्थ्यको यस उपेक्षित विधामा भइरहेका अनुसन्धानहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यसले पक्कै पनि नीति–निर्माताहरू र निर्णयकर्ताहरूलाई उपयोगी जानकारीहरू उपलव्ध गराउने छ र अब बन्ने राष्ट्रिय योजनाहरूमा समावेश गरिनेछ।’

अर्को जिज्ञासामा उनले भने, ’नेपालमा चोटपटक भन्ने वित्तिकै सडक दुर्घटनालाई बुझ्ने गरेको पाइन्छ, तर सडक दुर्घटनाका अतिरिक्त पानीमा डुब्ने, आगोले पोल्ने, सर्पले टोक्ने, जान (अन्जानमा हुने विष सेवन, धारिलो वस्तु वा औजारले काट्ने, रूख वा अग्लो स्थानबाट लड्ने) जस्ता आकस्मिक घटनाका साथै स्वयंलाई वा अर्कालाई हानी पुर्याउने मनशायले हुने हत्या हिंसाका घटनाहरू सबैमा हुने शारिरीक क्षतिलाई पनि उत्तिकै महत्व दिइनु पर्दछ किनभने नेपालमा प्रति वर्ष कमसेकम मानिसहरू चोटपटकको उपचारका लागी ११ लाख पटक अस्पताल वा स्वास्थ्य संस्थामा जाने गरेको तथ्यांकले देखाउँछ। त्यसमध्ये १ लाख मात्र सडक दुर्घटनाको उपचारका  लागी अस्पताल गएको सरकारी तथ्यांकले देखाएको छ।’

उनका अनुसार चोटपटकको उपचारको खर्च पचास रूपैंयाँ देखि केही लाख रूपैंयाँसम्म लाग्ने भएता पनि एक अध्ययनले प्रति व्यक्ति प्रति पटक औसत १५ हजार ४०० पर्ने पाएको छ। यसरी हेर्दा मानिसहरूले अर्बौं रूपैंयाँ रोकथाम गर्न सकिने समस्याका लागी खर्च गर्नु परेको छ जुन धेरै चिन्ताको विषय हो।

प्रकाशित: १६ चैत्र २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?