२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना खोप लगाएपछि मास्क लगाउनु कति आवश्यक?

विश्वमा फैलिएको कोरोना भाइरसका कारण मानिसको दैनिकी उपयोगी जस्तै बनेको छ मास्क। पछिल्लो समय विभिन्न प्रकारका मास्कहरु उत्पादन वितरण भइरहेका छन्। अब भने धेरैजसो ठाँउमा कोरोना खोपहरु पुगिसकेका छन्।

मानिसहरुले कोरोना विरुद्धको खोप लगाइसकेका छन। यसैबीच धेरै मानिसमा एउटा जिज्ञासा उत्पन्न भएको छ। के कोरोना भाइरस विरुद्धको खोप लगाएपछि मास्क लगाउनु आवश्यक छ?

यसैबीच कोरोना खोपलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना जनताका लागि नयाँ दिशानिर्देश जारी गरेको छ। नयाँ निर्देशनका अनुसार त्यहाँ कोरोना खोप प्राप्त गरेका व्यक्तिहरूले बिना कुनै मास्क र सामाजिक दूरीको बिना घरमा अन्य व्यक्तिहरूसँग बस्न सक्ने छन्। त्यहाँ भएका सबै मानिसले कोरोना खोप अनिवार्य लगाएकै हुनुपर्छ।  

यद्यपि अमेरिकामा ठूलो भेला वा भीड जम्मा गर्दा वा सार्वजनिक स्थानहरूमा मास्क र सामाजिक दूरीको पालना गर्नु महत्त्वपूर्ण छ।मास्क लगाउने कि नलगाउने भन्ने विषयमा दुई आधार हुन छन्। एउटा वैज्ञानिक आधार भने अर्को सामाजिक आधार हो।

वैज्ञानिक आधार अनुसार कुनै खोपले १०० प्रतिशत जोखिमलाई समेट्दैन। तर खोपले भाइरसबाट संक्रमणको जोखिम बिस्तारै घट्दै जान्छ। त्यसकारण खोप लगाउनेहरूमा कोरोना संक्रमणको जोखिम कम हुन्छ र यस प्रकारका मानिसहरूलाई वैज्ञानिक आधारमा मास्क लगाउनबाट छुट दिइन्छ।

सामाजिक आधारमा वैज्ञानिक आधार जोडिन्छ यदि दुई जना व्यक्ति भिडमा मास्क लगाउँदैनन् भने अन्य व्यक्तिले पनि मास्क लगाउन छोड्छन्। यो भीडमा कस्ले खोप लगाएको थियो भन्ने पहिचान गर्न गाह्रो हुन्छ। त्यसैले कुनै पनि ठाउँमा मानिसहरूको भिड वा भेला हुने ठाउँमा मास्क लगाउन आवश्यक छ।

सुरुमा कोरोना महामारीको पत्ता लागेपछि यस रोगबाट बच्नको लागि सुरक्षालाई ध्यान दिन आग्रह गरियो। भ्याक्सिन सम्बन्धी प्रतिवेदनका अनुसार खोपको दोस्रो डोज पछाडि दुई हप्ता मात्र पछि संक्रमणको जोखिम पूर्ण रूपमा कम हुन्छ। तसर्थ पहिलो डोज पछि मास्क लागू नगरेको कारण सामाजिक दूरीमा ध्यान नदिएको कारण संक्रमणको खतरा हुन्छ।

विभिन्न अनुसन्धानमा पत्ता लागेका प्रमाणहरूका अनुसार एक पटक कोरोना संक्रमित भएपछि करिब ७ महिनासम्म फेरि कोरोना सर्न सक्दैन। यो खोप पाए पछि ६ महिनासम्म तपाई सुरक्षित हुनुहुन्छ। त्यसैले खोप लगाएपछि कुनै भिड वा भेलामा उपस्थित नहुँदा सम्म मास्क नलगाँउदा तपाईँलाई कोरोना सर्ने खतरा कम हुन्छ।  

प्रकाशित: २६ फाल्गुन २०७७ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App