१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेले लगाए पहिलो खोप

कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गरे। कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले बिहान सवा ११ बजे कोरोनाको पहिलो खोप लगाएका छन्।  

यस्तै दोश्रो खोप स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले लगाए। पहिलो चरण अन्तर्गत जिल्लाका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, तथा महिला स्वमसेविकालाई खोप दिइने प्रजिअ पौडेलले बताए। कोरोनाविरुद्धको 'कोभिशिल्ड' नामक ४५ सय डोज खोप ल्म्बिनी प्रदेश मार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा आएको थियो।  

बुधबार कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारीले खोप लगाएका छन्। अभियान १० दिनसम्म चल्ने छ। १० पालिका, ३ अस्पताल प्राथमिक सेवा उपचार केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई १० दिनसम्म चल्ने अभियानमा खोप लगाइने स्वास्थ्य कार्यालकयका प्रमुख केसीले बताए। खोपका लागि सूचीकृत गरिएका १ हजार ९९८ जनालाई मात्र पहिलो चरणमा लगाइने उनले बताए। खोप लगाएपछि आधा घन्टासम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिने छ।  

कपिलवस्तु अस्पतालका डाक्टर अभिषेक तिवारीले खोप पुर्णरुपमा सुरक्षित रहेको र यसको उपयोगिता ७० प्रतिशत बढी रहेको बताए। उनले खोपले सामान्य बाहेक अन्य असर नगर्ने बताए। प्रजिअ पौडेलले खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकोले ढुक्कसंग लगाउन आग्रह गरे। पहिलो चरणमा खोप लगाएकाहरुलाई एक महिनापछि दोश्रो पटक खोज दिइने मेसु बन्जाडेले बताए। खोप लगाएपछि केही असर देखिए त्यसका लागि समेत टिम बनाइएको छ। प्रजिअ पौडेलको अध्यक्षता, स्वास्थ्य कार्यालयका प्रमुख केसीको स्वागत मन्तब्य र डाक्टर गणेश क्षेत्रीको संचालनमा उद्घाटन कार्यक्रम भएको थियो।

प्रकाशित: १४ माघ २०७७ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App