coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सेवा बिस्तार गर्दै कपिलवस्तु अस्पताल

सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहित १० आईसियु बेड सहितका कक्षा संचालनको तयारी गरेको छ ।  

२०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडेको मारेको छ । अस्पतालले बिषेज्ञष सहितका डाक्टररु बढाउदै लगेको छ । अहिले अस्पतालमा २५ बढी डाक्टरहरु छन । तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ । 

अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा रहेको बताए । उनले अहिले अस्पतालमा ५०  बढी बेड संचालनमा रहेको बताए । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत  र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध छन । नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ । यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ । ब्लड बैक अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिने छ ।  

कोरोना प्रयोगशाला संचालन हुदै  

कपिलवसतु नगरपालिका वडा नम्बर ३ कोलेनिकाको किनारमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयमा कोरोना प्रयोगशाला निर्माणको कार्य तीब्र रुपमा अघि बढेको छ । प्रयोगशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ । यस्तै सांसद बुजेश कुमार गुप्ताले समेत प्रयोगशाला निर्माणकालागि संसदीय विकास कोषबाट रकम उपलब्ध गराएका छन । 

प्रयोगशाला निर्माणकालागि स्थानीय उमा पौडेलले १ लाख रुपैया दिएकी थिईन । कुल १ करोड ३५ लाखमा कोरोना प्रयोगशाला निर्माणको भईरहेको छ । प्रयोगशाला निर्माणको लागि १० वटै पालिकाले ६ लाखको दरले रकम दिने निर्णय गरे पनि अझै सम्म कहिबाट रकम नआएको मेसु बन्जाडेले बताए । ‘ प्रयोगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, अब यस्को संचालनकालागि रकम आवश्यक छ ’ उनले भने ।

 

 

 

 

 

प्रकाशित: ६ माघ २०७७ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App