१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भारतले कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने

भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने भएको छ।  

अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इन्डियालाई भारत सरकारले खोप निर्यातमा रोक लगाएकाे हो।  

खोपलाई आफ्नो देशमा आपतकालीन प्रयोग गर्न अनुमति दिनासाथ भारतले निर्यातमा प्रतिबन्ध लगाएको हो। अक्सफोर्डको खोप भारत, बेलायतलगायत धेरै देशले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन्।

सिरम कम्पनीका प्रमुख अदार पुनावालाले पहिले आफ्नो देशका नागरिकलाई प्राथमिकता दिने उद्देश्यले सरकारले खोप निर्यातमा रोक लगाएको बताएका छन्।  भारतले चाँडै आफ्ना ३० करोड नागरिकलाई खोप दिँदै छ। 

प्रकाशित: २० पुस २०७७ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App