१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य केन्द्र स्थापना

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ। गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

चिचिला गाउँपालिकाको गाउँसभाबाट पारित भएको कार्ययोजनाअनुसार गाउँपालिका–२ को आहालेमा स्वास्थ्य एकाइको स्थापना गरिएको हो। स्वास्थ्य एकाइ सञ्चालनका लागि भवनको निर्माण भई नसकेकाले स्थानीयवासी रिञ्जी शेर्पाको घर निःशुल्क लिएर अस्थायीरुपमा कार्यालय स्थापना गरिएको हो। स्थानीय शेर्पाले स्वास्थ्य एकाइको आफ्नै भवन निर्माण नभएसम्मका लागि दुई कोठा निःशुल्क उपलब्ध गराएका हुन्।

आहाले गाउँका नागरिक यसअघि उपचारका लागि घण्टौँ धाएर चिचिला स्वास्थ्य चौकी वा सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यतालाई चिर्दै अन्ततः गाउँमै स्थास्थ्य संस्था स्थापना भएपछि त्यहाँका स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँचमा पुग्न सफल भएका छन्। यस एकाइबाट सेवा दिनका लागि एक जना अहेबको समेत व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।  

आधारभूत स्वास्थ्य एकाइ कार्यालय उद्घाटनका अवसरमा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पासहित स्थानीय गाउँवासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले समेत यो स्वास्थ्य कार्यालय स्थापना भएपछि प्राथमिक स्वास्थ्य उपचारका लागि सेवाग्राहीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताए। कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सहजीकरण गरेका थिए। रासस

प्रकाशित: १९ पुस २०७७ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App