४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बेलायतमा देखिएको नयाँ कोरोना भारतमा भित्रिसकेको छैन : एनएआरआई

बेलायतमा फैलिरहेको नयाँ किसिमको कोरोना भाइरस अहिलेसम्म भारतमा नभित्रिएको त्यहाँको नेसनल एड्स रिसर्च इन्स्टिच्युट ((एनएआरआई)) ले बताएको छ। एनएआरआई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को शाखा हो।  

एनएआरआईका निर्देशक डा. समिरन पान्डाले मंगलबार न्युज एजेन्सीसँग भारतका अलग अलग स्थानबाट संकलन गरिएका नमुना जाँच गर्दा बेलायतमा देखिएको नयाँ कोरोना नपाइएको बताएका हुन्।  

उनले भने, ‘यो भाइरसको फैलावट र गम्भीरता कस्तो छ भन्ने पनि बुझ्न जरुरी हुन्छ। साथै नयाँ किसिमको कोरोना मानिसका लागि बढी घातक नै हो भन्ने पुष्टि पनि भइसकेको छैन।’

यस्तै डा. पान्डाले भारतनमा फैलिएको भाइरसको जिनोम ६–७ महिनादेखि अध्ययन गरिरहेको बताएका छन्। यसका लागि २ हजारभन्दा बढी नमुना जाँच गरिएको तर भाइरसमा कुनै परिवर्तन नदेखिएको उनले जाकारी दिए।  

प्रकाशित: ८ पुस २०७७ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App