१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

१९१ कर्मचारी भर्ना गर्न स्वास्थ्य मन्त्रालयले माग्याे दरखास्त

कोरोना महामारी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य कार्यालयमा कर्मचारी थप्ने भएको छ।  

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका विभिन्न स्वास्थ्य कार्यालयका लागि १ सय ९१ कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।  

तीन महिनाका लागि जनशक्ति माग गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।  

बिरामी प्रोफाइल, प्रयोगशालासम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला।  

प्रकाशित: २० कार्तिक २०७७ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App