९ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सेवा बन्द गरी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

तलब नपाएको भन्दै भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। दिनरात विरामीको ओहोरात्र उपचारमा खटिएका आफूहरुले भाद्र, असोज महिनाको तलब र दशै भत्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्। आन्दोलन अन्तर्गत मंगलबार उनीहरुले दुई घण्टा सेवा बन्द गरी नालाजुलुश गरेका थिए। यसअघि सोमबार उनीहरु आधा घण्टा सेवा बन्द गरी नाराजुलुशमा उत्रेका थिए।  

कर्मचारी कल्यणकारी संघका अध्यक्ष शिवराम धुख्वाले माग यति गर्दा पनि माग पूरा नगरे बुधबारदेखि ओपीडीबाहेकको सवै सेवा बन्द गरी आन्दालनमा उत्रने चेतावनी दिए। आन्दोलनमा क्यान्सर अस्पतालका तीन सय जना भन्दा बढी कर्मचारी सहभागी रहेका थिए।  

अस्पताल व्यवस्थापन समितिका मनोनित अध्यक्ष महेश श्रेष्ठले कर्मचारीको तलब दिने कागजातमा सही नगरेपछि यो आन्दोलन सुरु भएको जनाएको छ। कर्मचारी आन्दोलनका कारणले विरामीहरु मार्कामा परेका छन्।

कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले अस्पताल व्यवस्थापन समिति स्वयं अवैध भएको बताए। उनले अस्पताल व्यवस्थापन समिति अवैध भएकै कारण अहिले यो अवस्था श्रृजना भएको बताए। '१४ महिनादेखि व्यस्थापन समितिमा कोको छन् केही थाहा छैन', उनले भने। कर्मचारीहरुको तलबको लागि महेश श्रेष्ठले दस्तखत गर्छ, त्यति थाहा छ, उनले थपे।  

अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै १४ महिनाअघि भक्तपुर नगरपालिकाले अस्पताल कब्जामा लिएको थियो। उसले व्याप्त व्यवस्थापन समितिलाई भंग गरी नयाँं व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको थियो। तर अदालतमा मुद्दा परेपछि गठित नयाँं व्यवस्थापन समिति अहिले निश्क्रिय छ। अहिले पुरानो व्यवस्थापन समितिबाट काम भइरहेको छ। त्यही बेलोदेखि अपस्पताल दुई पक्षमा विभाजित छ। कोही नयाँं व्यवस्थापन समिति अनुसार चल्नुपर्ने पक्षमा छन् भने कोही पुरानै व्यवस्थापनका अनुसार चल्नुपर्ने पक्षमा।  

दशै आइसकेको छ, अब बैंक जम्मा दुई दिन खोल्छ होला तर हाम्रो तलब भने राखिदिने टुंगो छैन, कर्मचारीहरुले भने। अस्पतालमा पैसा नभएर नभई मनोनित अध्यक्ष महेश श्रेष्ठमा चेकमा दस्ताखत नगरेको कारण तलब रोकिएको उनीहरु सुनाउँछन्। उनीहरुले कर्मचारीहरु कोभिडको महामारीमा पनि काम गरिरहँदा सुविधा नभएकै कारणले करिव ३० जना कोरोना सक्रमित भएको गुनासो पोेखे। साथै १७ जना स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनीहरुले जानकारी गराए।

प्रकाशित: ४ कार्तिक २०७७ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App