१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अब पाँच सय रुपैयाँमै कोरोना परीक्षणः डब्ल्यूएचओ

१५ देखि २० मिनेटभित्र नतिजा आउने

अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।  

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।विश्व स्वास्थ्य संगठनले यो परीक्षणको निकै तारिफ गरेको छ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ। यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ।’

औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन्।

प्रकाशित: १३ आश्विन २०७७ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App