१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नयाँ अध्ययन भन्छ : आमाको दूधले कोरोना मार्न मद्दत गर्छ

चीनका वैज्ञानिकले गरेको नयाँ अध्ययनले आमाको दूधले कोरोना भाइरस मार्न मद्दत गर्ने तथ्य पत्ता लगाएको छ।  

बेइजिङ युनिभर्सिटी अफ केमिकल टेक्नोलजीका प्राध्यापक टोङ यिग्याङ नेतृत्वको वैज्ञानिक टोलीले गरेको अध्ययनले त्यस्ताे नयाँ कुरा पत्ता लगाएको हो।  

अध्ययन टोलीले कोरोना संक्रमित कोशिकामा मानव स्तनको दूधले पार्ने प्रभावबारे अध्ययन गरेकाे थियाे। त्यस क्रममा दूधले अधिकांश भाइरस मारेको पाइएको चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पाेस्टले खबर लेखेकाे छ।

यसअघि कोरोना संक्रमणको सुरुवातमा स्तनपानले पनि कोरोना भाइरस फैलिन्छ भन्ने खबर आएका थिए। चीनकै वुहानमा पहिलोपटक कोरोना संक्रमण देखिँदा नवजात शिशुलाई संक्रमित आमाहरूबाट अलग गरिएको थियो।  

तर पछि विश्व स्वास्थ्य संगठनले संक्रमित आमाले पनि बच्चालाई स्तनपान गराउँदा कुनै फरक नपर्ने बताएको थियो।  

प्रकाशित: १२ आश्विन २०७७ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App