२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

इटहरीमा सय बेडको आइसोलेसन सञ्चालन हुने

इटहरीमा सोमबार (असोज ५) देखि सय बेडको आइसोलेसन सञ्चालन हुने भएको छ। यहाँ दिनहुँ कोरोना संक्रमितको संख्या बढीरहँदा बिरामी घरमै आइसोलेसनमै बस्दै आएका थिए। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण मुल समिति इटहरीका संयोजक नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।

आइसोलेसन सञ्चालनको जिम्मेवारी वडा नं. ९ का वडाध्यक्ष भूपेन्द्र बराललाई दिइएको छ। कोभिड रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन उपसमिति संयोजक बरालका अनुसार इटहरी रंगशालामा निर्माण भएको आइसोलेसनमा १६ वटा शौचालय, चारवटा बाथरुम, दुईवटा लुगाधुने ठाँउसहितको आइसोलेसन निर्माण गरिएको छ।  

लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी जडान गरिएको छ। खानेपानी र विद्युतको उचित प्रबन्ध गरिएको छ। यहाँ आठ जना स्वास्थ्यकर्मी र तीन जना सफाइकर्मी खटिने छन्। सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ।  

आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिनेछ। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको छ। विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, उद्योग वाणिज्य संघलगायत विभिन्न संघ संस्था तथा ब्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण र सञ्चालन गर्न लागेको हो।

प्रकाशित: ४ आश्विन २०७७ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App