८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कर्णालीमा आयुर्वेदिक औषधिको माग बढ्दै

कर्णालीमा पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको छ। विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि यहाँ आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको हो।

हालसम्म कोरोना भाइरसको औषधि नबने पनि कोरोना संक्रमितदेखि सामान्य सर्वसाधारणले आयुर्वेदिक औषधि प्रयोग गर्दै आएका छन्। विज्ञहरूले पनि रोगप्रतिरोधात्मक क्षमता बढाउन जडीबुटी प्रयोग गर्न सल्लाह दिँदै आएका छन्। सिद्धान्तिक हिसाबले आयुर्वेदको प्रमुख दुई उद्देश्यहरू छन्। स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्न आयुर्वेद औषधि प्रयोग गर्ने गरिन्छ। रोग व्याधिअनुसार विभिन्न चिकित्साका उपाय एवम् विभिन्न द्रव्यहरूको प्रयोगद्वारा गर्न सकिन्छ।

जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए। जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग बढ्दै गएको उनको भनाइ छ। गुर्जो, असुराको पात, बेसार, सुठो, मरिच, पिप्ला, तुलसी, तेजपातलगायतका अन्य जडीबुटीहरू प्रयोग भइरहेको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ।  

‘रोगसँग लड्ने क्षमता वृद्धि गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘सबैभन्दा प्रचलीतमा आएको गुर्जोको प्रयोग बढेको छ। साथै बेसार, तुलसी, अमला जस्ता औषधिय गुण भएका जडीबुटीहरूको प्रयोग बढ्दो छ।’ अहिले कार्यालयमै आएर आयुर्वेदिक औषधि लिनेको संख्या पनि बढ्दै गएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ ।

कसरी प्रयोग गर्ने आयुर्वेदिक औषधि?

गुड्ची (गुर्जे चिनी लहरो )

करिब दुई ईन्च लम्बाइको बुढी औँला नापको परिपक्व गुड्चीको टुक्राको काढा⁄क्वाथ पकाई बिहान बेलुका खाने अथवा गुड्चि पूर्ण एक चिया चम्चा अथवा पाँच सयदेखि एक हजार मिलीग्राम गुड्ची सत्व पानीमा घोली सेवन गर्ने।

अमला

सकेसम्म ताजा अमलाको सेवन नियमितरूपमा गर्ने अथवा अमलाको चुर्ण एक चिया चम्चा कम्तिमा दिनको एकपटक अथवा अमला सुकाएको तितौरा नियमितरूपमा प्रयोग गर्ने।

बेसार

एक चिया चम्चा बराबरको बेसार चुर्णलाई व्यक्तिको ईच्छाअनुसार एक गिलास दूध वा मनतातो पानीसँग मिसाई दिनको एकपटक सेवन गर्ने।

तुलसी

तुलसीको पञ्चांग (पत्र, पुष्प, बीज, काण्ड र जरा) मध्ये एक राखी पकाइएको पानीको नियमित सेवन गर्ने।

भुइँ अमला

ताजा भुइँ अमलाको पञ्चांगको स्वरस २० मिलीलिटर अथवा पञ्चांगको काढा बनाई ८० मिलीलिटर कम्तिमा दिनको एकपटक सेवन गर्ने।

च्यवनप्रास

१० देखि २० ग्राम अथवा खान खाने भम्चाको एक चम्चा मनतातो दूध वा मनतातो पनीसँग सेवन गर्ने। (मधुमृहको बिरामीले सुगर फ्रि चेवन प्रास सेवन गर्ने।

प्रकाशित: ४ आश्विन २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App